१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज खनाल–नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै



अ+ अ-

काठमाडौं । आज नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दैछ । आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने वागमती प्रदेशको स्थायी समिति बैठकले सो प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै पछिल्लो समय एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षले समानान्तर ढंगले गतिविधि गर्दै आएका छन् । अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको खनाल नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ ।

जुन अभियान अन्तरगत वडा, जिल्ला प्रदेश हुदै विभिन्न जनवर्गीय संगठनमा पनि समानान्तर सांगठनिक संरचना बनाउने क्रम जारी छ ।