२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालाडोलिडमाथी बार्सिलोनाको जित



अ+ अ-

म्याड्रिड । ओसमन डेम्बेलेले खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल भालाडोलिडलाई १–० ले हराएको छ ।
यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा मजबुत देखिएको छ

जितसँगै बार्सिलोनाको ६५ अंक भएको छ । शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग बार्सिलोना एक अंकको मात्र दूरीमा रहेको छ । अब बार्सिलोनाले लिग उपाधिका लागि बलियो चुनौती पेस गर्न सक्नेछ ।

लिगमा बार्सिलोनाको यो लगातार छैटौं जित पनि हो । खेल बराबरीतर्फ अग्रसर देखिएको बेला डेम्बेलेले ९० औं मिनेटमा निर्णायक गोल गरे । अघिल्लो टिम एटलेटिको सेभियाविरुद्धको खेलमा पराजित भएपछि लिग उपाधिका होड खुल्ला भएको हो ।