३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला छ सय रूपैयाँले बढेर एक लाख १६ हजार नौ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।