२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः न्युक्यासलसँग बराबरीमा रोकियो पिएसजी



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ ।

समूह चरण अन्तर्गतको खेलमा फ्रेन्च क्लब पिएसजीले घरेलु मैदानमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको २४ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै पाहुना टोली न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई नकआउट चरणमा प्रवेशका लागि आशा जिवितै राखे ।

समूह एफ मा डर्टमण्ड ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा रहँदा पिएसजी ७ अंकका साथ दोस्रो स्थानमा छ । न्युक्यासल ५ अंकका साथ तेस्रो स्थानमा छ ।