२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित ५ देशले कति गरे सहयोग



अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनले बिहीवार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्शानी र क्षतिसँग जुध्न सहयोग गर्न कोष सञ्चालनमा ल्याएको हो ।

नोक्शान र क्षति कोषमा यो निर्णायक कार्यले दुबई, संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप २८) को सम्मेलनको २८ औं सत्रको पहिलो दिन सहयोग गर्ने प्रतिवद्धता जनइएको हो । युएईको नेतृत्वमा धेरै देशहरूले कोषमा आफ्नो आर्थिक प्रतिवद्धता जनाएका छन् ।

जसमा युएईले १० करोड अमेरिकी डलर, जर्मनीले सय मिलियन डलर, बेलायतले ४ करोड पाउण्ड (लगभग ५०.६ मिलियन डलर) र अन्य व्यवस्थाका लागि २ करोड पाउण्ड सहयोग गरेको छ । जापानले १० मिलियन डलर र संयुक्त राज्य अमेरिका, १७.५ मिलियन डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।