३० जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकद्वारा नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात



अ+ अ-

एजेन्सी । इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ ।

नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । जसले ९.५९ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको छ । नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो ।

मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कलाई उद्धृत गर्दै एक विज्ञप्तिमा भनेको छ । मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिव १०८.०५ मिलियन ब्यारेल, उत्तरी प्रान्त निनेवेहको कयारा तेल क्षेत्रबाट १.०३ मिलियन ब्यारेल र ४६४,७२८ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको विज्ञप्तिमा भनिएको छ ।

इराकको अर्थतन्त्र धेरै कच्चा तेलको निर्यातमा निर्भर छ । जसले देशको राजस्श्को ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।