२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात गोल भएको खेलमा लिभरपुलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले पराजित गरेको हो ।

खेलको २० औं मिनेटमा घरेलु मैदान एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । अलेक्जान्डर आर्नल्डले फ्रिकिकबाट गरेको प्रहार पोस्टमा लागेर फुलहमका गोल किपर ब्रेन्ड लेनोलाई लाग्दै गोल हुन पुगेको थियो ।

२४ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा ल्याए । ३८ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई २–१ गोलले अघि बढाए । यता पहिलो हाफको इन्जुरी समयमा केन्नी टेटेले गोल गर्दै फुलहमलाई २–२ गोलको बराबरीमा ल्याए ।

८० औं मिनेटमा बबी डी कोर्डोभा रेडले गोल गर्दै फुलहमलाई ३–२ को अग्रता दिलाएका थिए । तर, लिभरपुलले दुई मिनेटमा दुई गोल गर्दै नतिजा उल्ट्यायो । ८७ औं मिनेटमा वाटरु एन्डोले गोल गर्दै लिभरपुललाई ३–३ गोलको बराबरीमा ल्याए भने ८८ औं मिनेटमा अलेक्जान्डर आर्नल्डले गोल गर्दै टोलीलाई ४–३ को जितसहित महत्वपूर्ण अंक दिलाए ।

योसँगै लिभरपुल १४ खेलमा ३१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फुलहम १५ अंकका साथ १४ औं स्थानमा छ ।