२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी संचय कोषले कोहिनुर हाउजिङको घरजग्गा लिलामी गर्ने



अ+ अ-

काठमाडौं: कर्मचारी संचय कोषले सुधिर बस्नेतले अलपत्र छाडेको ललितपुरको इमाडोलस्थित कोहिनुरको घरजग्गा लिलामी गर्ने भएको छ ।

कोषले आज एक सूचना प्रकाशन गरी  कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि  सिलबन्दी आह्वान गरेको छ। कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ।

कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा रू एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ।

लिलाम सकार्न इच्छुक व्यक्ति वा फर्मले २१ दिनभित्र कोषको कर्जा, लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग, पुल्चोकमा आवेदन दिन सकिने कोषको सूचनामा जनाइएको छ ।

तर कोषले सूचनामा ऋणीले कोषलाई बुझाउनु पर्ने रकम लिलाम बिक्रीको सूचनामा उल्लेखित म्यादभित्र बुझाएमा लिलाम बिक्रीको प्रक्रिया अन्त्य गर्न सकिने र बोलपत्र बुझाउनेहरुको धरौटी फिर्ता गरिने पनि बताएको छ ।

हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि बिक्री भने हुन सकेको थिएन।

 




भर्खरै