काठमाडौ । नेकपा माओवादीकेन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले राजनीतिलाई गलत दिशामा धकेल्न खाजेको आरोप लगाउनु भएको छ । नेकपा सम्बन्धि निबेदन पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला पछि सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै श्रेष्ठले बिहिबारको आदेश राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको उल्लेख गर्नुभएको छ ।
श्रेष्ठले लेख्नु भएको छ – सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो।यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ।अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ।जागौं।












