१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ: नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौ  । नेकपा माओवादीकेन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले राजनीतिलाई गलत दिशामा धकेल्न खाजेको आरोप लगाउनु भएको छ । नेकपा सम्बन्धि निबेदन पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला पछि सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै श्रेष्ठले बिहिबारको आदेश राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको उल्लेख गर्नुभएको छ ।

श्रेष्ठले लेख्नु भएको छ – सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो।यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ।अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ।जागौं।