पोखरा । नेकपा एमाले नेता माधव कुमार नेपालले केन्द्र देखी स्थानीय तह सम्म समानान्तर समितिहरु निर्माण गरी पाटीृ संञ्चालन गर्ने बताउनु भएको छ । काठमाडौमा यूवा संघको केन्द्रीय कार्यलय उद्घाटन गरेर पोखरा पुग्नुभएका नेता नेपालले समानान्तर जिल्ला समिति घोषणा गर्दे केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर आफ्नो नेतृत्वमा नयाँ कमिटी बनाउने घोषणा समेत गर्नुभएको छ ।
आफू पक्षका नेता तथा कार्यकर्तालाई संगठित हुन निर्देशन दिँदै नेता नेपालले कमिटीका बैठकहरू नियमित रुपमा संञ्चालन गर्न पनि निर्देशन दिनुभयो । नेपाल पक्षले धनराज आचार्यको नेतृत्वमा सचिवमा होमबहादुर नेपाली रहेको कास्की जिल्लास्तरीय समानान्तर कमिटी गठन गरेको छ ।
नेतृत्वमा गठन भएको समितिमार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे।












