२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा



अ+ अ-

एजेन्सी । इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुग्नुभएको छ । उहाँहरु सोमबार इराक पुग्नुभएको बताइएको छ । उहाँहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नुहुनेछ । उहाँहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ । 

इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उहाँहरु त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।

सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो । 

सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताउनुभएको थियो । 

सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।