२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादलदेखि नदीसम्म रहेको पृथ्वी मुनि छ ‘अर्को दुनियाँ’



अ+ अ-

ऐजेन्सी । पृथ्वीमा यस्ता धेरै रहस्यमय ठाउँहरू छन्, जसको बारेमा मानिसहरूलाई अझै थाहा छैन । अन्वेषकहरूले प्रायः यस्ता चीजहरू फेला पार्छन् जुन कल्पना गर्न पनि गाह्रो हुन्छ ।

यसैबीच, यहाँ पृथ्वी मुनिको एउटा अकल्पनीय स्थानको बारेमा चर्चा गरौं, जसको बारेमा तपाईले पहिले कहिल्यै सोंच्नु भएको छैन । यो ठाउँ अरू कतै छैन भियतनाममा छ, जसलाई संसारको सबैभन्दा ठूलो गुफा ‘ह्याङ सन डुंग’ भनेर चिनिन्छ ।

पृथ्वीबाट २६२ मिटर तल रहेको यो गुफा पाताल लोक भन्दा कम छैन । अचम्मको कुरा के छ भने जमिन मुनिको यो ठाउँ अर्को संसार जस्तो देखिन्छ (अनदर वर्ल्ड एक्जिस्ट अंडर अर्थं) । यहाँ साना वन र रूखहरू पनि छन् । यति मात्र होइन, बादलदेखि नदीसम्म बग्छ यहाँ ।

यो गुफा सन् १९९१ मा खानाको खोजीमा फोङ न्हा के–बाङ राष्ट्रिय निकुञ्जमा घुमिरहेको ‘हो खान्ह’ नामका केटाले फेला पारेको थियो । त्यही क्रममा अचानक उसले पार्कमा एउटा गुफा देख्यो, भित्र पसेपछि त्यहाँ खोलाको गुर्राहटको आवाज सुन्न थाल्यो । यति मात्र होइन, गुफामा तेज हावाको आवाज पनि आइरहेको थियो, जसका कारण उनी डराएर फर्किए । घर फर्किएपछि उनले त्यो ठाउँ बिर्सिए ।

धेरै वर्षपछि, जब ब्रिटिश गुफा अनुसन्धान संघका हावर्ड र डेब लिम्बर्टले राष्ट्रिय निकुञ्जको भ्रमण गरे, खान्हले उनीहरूलाई कुराकानीको क्रममा यो गुफाको बारेमा बताए । खानले जमिनमुनि खोला, बादल र समुन्द्रको बारेमा भने तर वर्षौं बितिसक्दा उनले त्यहाँ जाने बाटो बिर्सिसके । तीनै जनाले त्यो गुफाभित्र पस्ने प्रयास गरे तर सफल भएनन् ।

सन् २००८ मा खानले फेरि यस गुफामा प्रवेश गर्ने बाटो फेला पारे । त्यसपछि उनले हावर्ड र डेब लिम्बर्टलाई जानकारी दिए । यो गुफा ५०० फिट चौडा, ६६० फिट अग्लो र ९ किलोमिटर लामो छ भन्ने थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । यस गुफा भित्र नदी, जंगल र आफ्नै छुट्टै मौसम छ ।

यस गुफामा चमेरो, चराचुरुङ्गी र बाँदरलगायत अन्य धेरै जनावरहरू बस्छन् । यसअघि सबैलाई यस गुफामा प्रवेश गर्न अनुमति थिएन । तर पछि सन् २०१३ मा यसलाई पर्यटकका लागि खोलिएको थियो । यहाँ हरेक वर्ष २५० देखि ३ सय जनालाई मात्रै जाने अनुमति दिइन्छ ।