२१ असार २०८३, आईतवार
,
Latest
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी आईजीपी कार्की अमेरिका प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो स्वार्थ पूरा नभएपछि अमरेशले झुटको खेती गरे– प्रम सचिवालय



अ+ अ-

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उहाँको परिवार र सचिवालयविरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सांसद सिंहको उक्त अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुर भएको तथ्य स्पष्ट छ भन्दै सचिवालयले उहाँको उक्त निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित कानूनअनुसार उपचार खोज्न सचिवालयले सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

देशलाई ठग्ने उद्देश्यले एनसेल बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्ययन र छानबिनको प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै सचिवालयले भनेको छ, “सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ। छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानूनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।”

“सत्य एकातर्फ छ तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ निन्दनीय प्रलाप पूर्णत: झुट, कपोलकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानूनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ”, सचिवालयले भनेको छ ।

उक्त सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्न र त्यस्तो स्वार्थ पूरा नभएपछि शृङ्खलाबद्ध दुष्प्रचार गर्ने गरेको स्पष्ट गर्दै सचिवालयले भनेको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार छौँ। हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्नेछ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन्।”