२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ: अर्थमन्त्री महत (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले सकारात्मक संकेत देखिएको बताएका हुन् ।

उनले यसअघि अर्थतन्त्रले धेरै चुनौती सामना गरेपनि अब सुधार हुने बताए । बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ ।

पुँजी बजार, घर जग्गाको क्षेत्रमा पनि सुधार देखिएको कारण मनोवल बढ्दै गएको उनको भनाइ छ । ‘चालू खातामा ५९ अर्ब बचत रहेको छ । बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत हो ।’, उनले बताए ।

उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको बताए ।