२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज, कुन-कुन देशले खेल्नेछन् ?



अ+ अ-

काठमाडौं । नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी  वैशाखको पहिलो सातादेखि हुने भएको छ । 

वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गर्नुभयो । 

कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन । यसबीचममा केही घरेलु प्रतियोगिता भने क्यानले सञ्चालन गर्न सफल भएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगितामा सहभागी हुने टोलीका सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको अनिवार्य पीसीआर परीक्षण गरिने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।