२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप कर्मचारीको आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. रिमालकी धर्मपत्नी रश्मीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

भलिबलका वरिष्ठ प्रशिक्षक समेत रहनुभएका रिमालको गत पुस ११ गते निधन भएको थियो । राखेपमा वाहल रहेकै अवस्थामा कुनैपनि कर्मचारीको मृत्यु भएमा स्थायी कर्मचारीको एक महिनाको १.५ प्रतिशत तलब कट्टा गरी परिवारलाई विगत १० वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउदै आइएको छ ।