६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाटारमा अन्तर्राष्ट्रियस्तरको बेसबल रंगशाला बनाउनेबारे छलफल अन्तिम चरणमा



अ+ अ-

ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारमा अन्तर्राष्ट्रियस्तरको बेसबल रंगशाला बनाउनेबारे महालक्ष्मी नगरपालिकामा विस्तृत र प्राविधिक छलफल भएको छ । वडामा भने पटक पटक छलफल भईसकेको छ ।

सो वडाका वडाध्यक्ष जयकृष्ण बोगटीको पहलमा राष्ट्रिय बेसबल संघका अध्यक्ष दिपक न्यौपाने लगायतका पदाधिकारीहरुले आइतबार महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन र कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि पौडेलबीच छलफल भएको थियो ।
छलफल कार्यक्रममा संघका बागमती प्रदेशका अध्यक्ष तथा केन्द्रीय कोषध्यक्षको साथै वडा नं ९ का वडा सदस्यहरु समेत सहभागी थिए ।

यसअघि राष्ट्रिय बेसबल संघका अध्यक्ष लगायतका पदाधिकारीहरुले महालक्ष्मी नगरपालिका वडा नं ९ का विभिन्न ठाउँमा रहेको सार्वजनिक जग्गाको स्थलगत निरीक्षण गरि रंगशालाको लागि आवश्यक पर्ने सार्वजनिक जग्गाको छनौटको प्रकृया शुरु गरिसकेको छ ।

संघको प्राविधिक टोलीले सो वडाभित्र पर्ने ज्यागटा, डाँडाथोक लगायत अन्य ठाउँमा रहेको सार्वजनिक जग्गाको स्थलगत निरीक्षण गरिसकेको वडाध्यक्ष जयकृष्ण बोगटीले बताए ।

संघका पदाधिकारीहरुले निरीक्षण गरेको जग्गामध्ये उपयुक्त जग्गा वडाले उपलव्ध गराएलगत्तै राष्ट्रिय बेसबल संघले रंगशाला निर्माणको लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नको लागि आवश्यक रकम विनियोजन विनयिोजन गर्ने जनाएको छ ।

रंगशाला निर्माण गर्न कम्तिमा ६० रोपनी जग्गा आवश्यक पर्ने संघका अध्यक्ष दिपक न्यौपानेले बताएका छन । रंगशाला निर्माणको लागि करीव ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

महालक्ष्मी नगरपालिकाकै महत्वपूर्ण र प्रतिष्ठाको आयोजनाको रुपमा रहेको अन्तर्राष्ट्रियस्तरको पहिलो बेसबल रंगशाला लामाटारमा बनेमा लुभु र लामाटारको साथै महालक्ष्मी नगरपालिकामा खेलकूदको विकासमा कोशेढुंगा सावित हुने वडाध्यक्ष बोगटी बताउँछन् ।

यसैगरि वडाध्यक्ष बोगटीकै पहलमा राष्ट्रियस्तरको भलिबल रंगशाला र तालीम केन्द्र निर्माणको लागि लामाटारकै अरु ठाउँमा सार्वजनिक जग्गा खोजी कार्य भईरहेको र भेटिएका ठुलो क्षेत्रफलका जग्गा नेपाल भलिबल संघका पदाधिकारीहरुले निरीक्षण गरिसकेका छन् ।

जग्गा निरीक्षणका क्रममा संघका अध्यक्ष जितेन्द्र चन्द, भलिबल संघका पुर्व क्याप्टेन तथा डिएसपि भरत शाह र अन्तर्राष्ट्रिय खेलाडी मधुकर थापासमेत सहभागी थिए ।