२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले पक्राउ गर्यो आरती साहका पति मोतीबाबुलाई



अ+ अ-

काठमाडौँ । प्रहरीले आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको हो ।

धनुषाका प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्माले जानकारी दिए । धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले साहलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गरिने जानकारी दिनुभयो । सर्वोच्च अदालतले गत मंसिर २० गते पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यसअघि असोज १८ गते उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई परिवारजले उपचारका लागि भन्दै काव्या अस्पताल लगेपछि प्रहरीले थाहा पाएको थियो ।

दाइजोको कारण श्रीमान् र ससुराले आरतीको हत्या गरेको माइती पक्षले आरोप लगाउँदै आएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान् र ससुरालाई कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरती हत्या गरिएको भन्दै उनका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् ।

धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेको भन्दै मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथिको सुनुवाइपछि सर्वोच्चले आरतीका श्रीमान्लाई थुनामा पठाउन आदेश दिएको थियो ।




भर्खरै