२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गोलले पछि परेको म्यान्चेस्टर युनाइटेडको एस्टन भिल्लामाथि रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्ड्रो गार्नाचोले दुई तथा रासमस होलन्डले एक गोल गरे ।

युनाइटेडले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो । खेलको २१ औं मिनेटमा जोन एमसीगिनले तथा २६ औं मिनेटमा लिन्डर डेन्डोन्करले गोल गर्दै एस्टन भिल्लालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए ।

तर, युनाइटेडले दोस्रो हाफमा तीन गोल गर्यो । गार्नाचोले ५९ औं तथा ७१ औं मिनेटमा र होलन्डले ८२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

यो नतिजासँगै एस्टन भिल्ला १९ खेलबाट ३९ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड ३१ अंकका साथ छैटौं स्थानमा छ ।