७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको चेतावनीः राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पठाउने हैसियत काँग्रेससँग छ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिनुभएको छ ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताउनु भयो । उहाँले काँग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्नुभयो । उहाँले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ । काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ । प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो ।’

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले यसबारेमा आफूले महासमितिको बैठकमा प्रश्ताव गर्ने र सो प्रश्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो उहाँले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा पार्टी भित्रको निर्वाचन हामीलाई लाग्दो रहेछ, अर्को पार्टी बाहिरको लाग्दो रहेछ । यहाँ आउँदा अहिले पनि म ४ जना मानिस भेटेर आएको हो । एक जना २०१४ सालमा नेपाली काँग्रेसको सदस्यता लिनुभएको रहेछ । राष्ट्रिय सभामा मैले मौका पाउनुप¥यो भनेर मलाई भन्न आउनुभयो । अहिले यसो हेरेको राष्ट्रिय सभाको नौ जना उम्मेदवार बनाउनु छ । प्रदेशलाई जिम्मा दिएर पठायो, प्रदेशलाई तीन जना छान भनेर पठाएको, प्रत्येक प्रदेशले ३ सय जनाको नाम पठाएको छ । २१ सय मानिसको नाम छ । काँटछाँट गर्दा हजार पुग्छन् ।

सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ । छलफल हुन्छ, हुन्छ सभापतिले कोटको खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ । टाउको गन्ने हो । यति जना मान्छे छ, सभापतिज्युले भनेपछि धन्यवाद भने भइहाल्छ । अहिलेको सभापति मात्रै होइन, यो भन्दा पहिला स्व. सभापति सुशील कोईरालाको पालामा पनि त्यही हो, म भएपनि त्यही हो । अन्तिममा सभापतीले कोटको खल्तीबाट निकालने हो । सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ । ८ लाख ७० हजार सदस्यलाई कसरी न्याय दिने । मौका त सबैलाई दिनुपर्छ । महासमिति बैठकमा म प्रश्ताव गर्छु, त्यसमा छलफल गरौँ ।’

महामन्त्री थापाले सरकारमा गएका मन्त्रीहरुले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने बताउनु भयो ।