२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहम फरेस्टसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ । गएराति भएको खेलमा युनाइटेड नटिङहम फरेस्टसँग युनाइटेड २–१ गोलले पराजित भएको हो ।

नटिङहम फरेस्टको घरेलु मैदान सिटी ग्राउन्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ६४ औं मिनेटमा निकोलास डोमिनग्वेजले गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ७८ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ८२ औं मिनेटमा मोर्गान गिब्स ह्वाइटले गोल गर्दै नटिङहमलाई २–१ गोलको जित दिलाए ।

यो नतिजासँगै युनाइटेड २० खेलबाट ३१ अंकका साथ तालिकाको सातौं स्थानमा छ । नटिङहम २० अंकका साथ १५ औं स्थानमा छ ।