७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको छः महामन्त्री थापा



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताउनुभएको छ ।

बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताउनुभएको हो । उहाँले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताउनु भयो । उहाँले राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गर्नुभयो ।

उहाँले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताउनु भयो । उहाँले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले संविधान बनायौँ । ट्रयाकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरु बनेका छन् । बिस्तारै बिस्तारै संस्थाहरुलाई बलियो बनाउने प्रयास भइरहेको छ । अलिकति केही सकारात्मक कुराहरु भएका छन् । अर्थतन्त्रमा जुनखालको परिवर्तन ल्याउनुपर्ने हो भएको छैन । शासकहरुको प्रवृत्तिमा जुन परिवर्तन ल्याउनुपर्ने हो भएको छैन । खासगरी नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको पाँच÷छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका राजनीतिक दलहरु उहाँहरुको एकप्रकारको नियन्त्रणमा भएकोले प्रकारान्तरले नेपालको राजनीति नै उहाँहरुको नियन्त्रणमा भएको जस्तो । झगडा गरेपनि उहाँहरु । मिलेपनि उहाँहरु ।

मैले पढेको प्रजातन्त्रमा एउटै नेता २०÷२५ वर्षदेखि । यतिधेरै भुतपुर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन । यतिधेरै भुतपूर्व प्रधानमन्त्री, अहिले गठबन्धनको बैठकमा जान्छु यहाँबाट, त्यहाँ एकले अर्कोलाई सम्बोधन गर्दैगर्दा नमस्कार प्रधानमन्त्रीज्यु, भनेपछि एउटा भएको प्रधानमन्त्री, अर्को हुनेवाला प्रधानमन्त्री, एउटा भइसकेको प्रधानमन्त्री, प्रधानमन्त्री नै प्रधानमन्त्री बसेको अवस्था हुन्छ । एकछिनपछि प्रमुख प्रतिपक्षसँग बैठक छ ५ बजे । त्यहाँ पनि को बस्ने भन्दा तिनवटा प्रधानमन्त्री । एउटा भइसकेको प्रधानमन्त्री, एउटा हुनेवाला प्रधानमन्त्री, एउटा हुनसक्ने प्रधानमन्त्री बस्ने बैठक । यो हाम्रो राजनीतिको दुःखद् पक्ष हो ।’

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास शुरु भएको पनि उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताउनु भयो । उहाँले पुराना नेतृत्वसँगको प्रतिष्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिष्पर्धा गर्ने संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म शेरबहादुर देउवा र सुशील कोईरालाको बिचमा संसदीय दलको चुनाव हुँदै गर्दा नेपाली काँग्रेसको संसदीय दलको कर्मचारीलाई फोन गरेर मिलाएर उहाँले ढोकामा भन्दिएर लुकेर पछाडीको ढोकाबाट, पर्खालबाट आएर हेरेको मैले त्यो चुनाव । अस्ति म त्यही गेटबाट सांसद भएर म त्यहाँ गएर चुनाव प्रतिष्पर्धा गरेर आएको हो नि त । त्यसको परिवर्तन गर्ने प्रयास पनि त भइरहेको छ ।

हस्तक्षेप गर्ने प्रयास पनि त भइरहेको छ । प्रश्न पनि त गरिराखिएको छ । उत्तर आएको छैन । परिणाम आएको छैन । तर यति त हो नि, छिनोले हानेको हानेकै छौँ । फुटेको छैन । तर कहीँ घन छोडेर भागेको पनि छैन । थाक्यौँ भनेर हात उठाएर गएर समर्पण गरेको छैन । हानेको हानेकै छ । हान्दै गएपछि त्यो त फुट्छ फुट्छ । नफुटिकन सुखै छैन । फुटिसकेपछि त्यसपछि नयाँ कुरा प्रारम्भ हुन्छ । यसरी हे¥यौँ भने अलिकति सकारात्मक लाग्छ । होइन सकियो, बर्बाद भयो भने त्यही कुरा लाग्छ ।’

महामन्त्री थापाले पूर्वकर्मचारीहरुको ज्ञान र सिपलाई सरकारले उचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।