२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट: एकै दिन २३ विकेट पतन



अ+ अ-

एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको केप टाउनमा सुरु दोस्रो टेस्टको पहिलो दिन केही रोचक कीर्तिमानी बनेका छन् ।

उक्त खेलमा एकै दिनमा २३ वटा विकेट खस्यो । पहिलो इनिङ्ग्समा भारतले दक्षिण अफ्रिकालाई ५५ रनमै अलआउट गरेको थियो। जवाफी ब्याटिङ थालेको भारत पनि १५३ रनमा अलआउट हुन पुग्यो।

दक्षिण अफ्रिकी टोली २३.२ ओभरमात्र क्रिजमा टिक्न सक्यो । भारत पनि आफ्नो पहिलो पालीमा ३४.५ ओभरमै अलआउट हुन पुग्यो । भारतले अन्तिम ६ विकेट गुमाउँदा एक रन पनि जोड्न सकेको थिएन । हालसम्म खेलिएको टेस्टमा यसअघि कुनै पनि टोलीले एक रन पनि नजोडी ६ विकेट गुमाएको थिएन ।

भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन भएका केही रोचक घटनाको विषयमा यहाँ उल्लेख गरिएको छ ।

१. बुधबार भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन केप टाउनमा दुबैको गरी कुल २३ विकेट खस्यो । यसअघि सन् २०११ मा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच खेलिएको टेस्टको दोस्रो दिन २३ विकेट खसेको थियो । त्यो टेस्ट पनि केप टाउनमा नै खेलिएको थियो ।

टेस्ट क्रिकेटको इतिहासमा यसअघि पहिलो दिन नै २३ भन्दा बढी विकेट एकपटक मात्र खसेको छ । सन् १९०२ मा मेलबर्नमा अस्ट्रेलिया र इङ्ल्यान्डबिच टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्टको पहिलो दिन नै कुल २५ विकेट खसेको थियो ।

२. यस खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध एक सय ५३ रनपछि लगातार ६ विकेट गुमाएको थियो । भारतको १५३ रनपछि ११ बलमा एक रन पनि नबनाई लगातार पछिल्ला ६ विकेट गुमाएको थियो। यसअघि टेस्ट क्रिकेटमा भारतले कहिल्यै पनि एउटै स्कोरमा लगातार ६ विकेट गुमाएको थिएन ।

३.भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन दुबै टोलीले आफ्नो पहिलो पाली खेलिसक्दा कुल तीन सय ४९ बलको सामना गरेका थिए । टेस्ट क्रिकेटको इतिहासमा यसअघि एकपटक मात्र योभन्दा कम बलमा दुबै टोली अलआउट भएका छन् । सन् १९०२ मा मेलबर्नमा खेलिएको अस्ट्रेलिया र इङ्ल्यान्डबिचको टेस्टमा दुबै टोली केवल दुई सय ८७ बलमा अलआउट भएका थिए ।

४.बुधबारको उक्त खेलमा भारतले केवल ९.४ ओभरमै दक्षिण अफ्रिकासँग अग्रता हासिल गरेको थियो । पुरुष टेस्ट क्रिकेटको इतिहासमा यसअघि ९.४ ओभरमै कुनै पनि टोलीले अग्रता लिएको थिएन ।

५. टेस्ट क्रिकेटको इतिहासमा पहिलो दिनमा नै तेस्रो पाली खेलिएको यो आठौँ पटक हो । तर, केप टाउनमा भने पहिलो दिन नै तेस्रो पाली खेलिएको यो पहिलो पटक हो । टेस्ट क्रिकेटमा पछिल्लो ७० वर्षयता यस्तो घटना भएको यो दोस्रोपटक हो । यसअघि सन् २०१९ मा लर्डसमा खेलिएको इङ्ल्यान्ड र आयरल्यान्डबिचको टेस्टमा यस्तो भएको थियो ।

६.भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन दुईजना ब्याट्सम्यान दुई–दुई पटक आउट भएका थिए । ‘डेब्यू’ टेस्ट खेलेका दक्षिण अफ्रिकाका ट्रिस्टिन स्टब्स दुईपटक आउट भए । यसअघि सन् १८९६ मा दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डका विकेटकिपर ह्यारी बट दुईपटक आउट भएका थिए । उनी पनि त्यतिबेला आफ्नो ‘डेब्यू’ टेस्ट खेलिरहेका थिए ।

७.दोस्रो टेस्टको पहिलो दिन केट टाउनमा भारतका ६ ब्याट्सम्यान ‘डक आउट’ भएका थिए । यसअघि सन् २०१४ मा म्यानचेस्टरमा इङ्ल्यान्डविरुद्धको टेस्टमा भारतका ६ ब्याट्सम्यान ‘डक आउट’ भएका थिए ।