२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड र टोटेनहमले बराबरी खेले



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु टोली युनाइटेडका लागि खेलको तेस्रो मिनेटमा नै रासमस होलण्डले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यता, १९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । ४० औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-१ ले अघि बढाए ।

तर, ४६ औं मिनेटमा रोड्रिगो बेन्टान्करले गोल गर्दै टोटेनहमलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् र अंक बाँड्न बाध्य भए ।

योसँगै टोटेनहम २१ खेलबाट ४० अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । युनाइटेड ३२ अंकका साथ सातौं स्थानमा छ ।