३ असार २०८३, बुधबार
,
Latest
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर–जयनगर रेलभित्र लडेर एक जनाको मृत्यु



फाईल फोटो
अ+ अ-

जनकपुर । जनकपुर–जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको रेलभित्र लडेर मृत्यु भएको हो ।

महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीबाट चढेका थिए । रेलको कन्डक्टर (टीसी) ले टिकट चेक गर्न जाँदा अचानक लडेर उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटनामा आवश्यक अनुसन्धान भईरहेको डिएसपी अवाले बताए ।