२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीले मधेशलाई हरायो, सूर्यले लिए ह्याट्रिकसहित ६ विकेट



file
अ+ अ-

काठमाडौं । सुर्य तामाङको उत्कृष्ट बलिङमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेशलाई ८६ रनले हराएको छ । यो बागमतीको पहिलो जित हात हो भने मधेशको लगातार दोस्रो हार हो ।

बागमतीले दिएको १९१ रनको मभ्यम लक्ष्य पछ्याएको मधेश १०४ रनमै स्तब्ध हुन पुग्यो । मधेशलाई सस्तोमै अलआउट गराउन सुर्य तामाङले एक्लैले ६ विकेट लिए । मधेशको लागि पवन सराफले सर्वाधिक ४५ रन बनाए । मायन यादवले ३१ र निरोज यादवले १५ रन बनाउदै मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुर्यले ह्याट्रिकसहित ६ विकेट लिएका हुन् । उनले २९ औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए । उनले ९ ओभर बलिङ गर्दा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिन सफल भए । यस्तै, प्रतिश जिसी र इशान पाण्डेले २–२ विकेट लिए ।

त्यसअघि मुलपानी क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १९० रन बनाएको थियो । बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । रबिन जोशीले २१, इशान पाण्डेले १५, बिपिन आचार्यले १३ र कप्तान रित गौतमले १२ रन बनाएका थिए ।

बलिङतर्फ मधेशका रुपेश सिंह र अर्निको यादवले २–२ विकेट लिएका थिए ।