२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वकील र न्यायाधीश बन्ने बिद्यार्थीले एमाले अध्यक्ष ओलीलाई के भने ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग लिमीठाना मावि पर्वत फलेबासमा कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरूले भेट गरेका छन् ।

सर्वोच्च अदालत हेर्न आएका बिद्यार्थीहरुले बालकोट पुगेर ओलीसंग भेट गरेका हुन् । भेटमा बिद्यार्थीहरुले आफूहरु वकील र न्यायाधीश बन्ने कुरा सुनाएका थिए ।

भेटपछि ओलीले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

उनीहरूले भने – ‘हामी पर्वतदेखि भेट्न आएका नि बा !’

मैले सोधें – ‘काठमाडौंमा के के हेर्यौ त ?’

उनीहरू सर्वोच्च अदालत हेर्न जाने भन्दै थिए। अनि भन्दै थिए – वकील बन्ने हो, न्यायाधीश बन्ने हो ।

लिमीठाना मावि पर्वत फलेबासमा कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरू आज बिहानै बालकोट आएका थिए। माघे संक्रान्तिमा बनाएको लड्डु पनि सँगै बसेर खाइयो।

आजको बिहान धेरै रमाइलो भयो।