२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मिश्र



अ+ अ-

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार मनोनयन दर्ताको कार्यतालिका रहेकामा मिश्र सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल निर्वाचित हुनुभएको छ । अध्यक्षमा मिश्र र मल्लको उम्मेदवारी परेको थियो । मल्लले अध्यक्षबाट उम्मेदवारी फिर्ता गरेर वरिष्ठ उपाध्यक्षमा मनोनयन गर्नुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएका सुवोध अधिकारीले पनि उम्मेदवारी फिर्ता गर्नुभएको छ ।

अध्यक्षमा निर्वाचित मिश्र अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो । त्यस्तै मल्ल अघिल्लो अधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रथम उपाध्यक्षमा भने कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ (राक)को उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिनुभयो । द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा भीमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । अन्य पदमा पनि सर्वसम्मतको पहल थालिएको छ । निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीउपर दाबी विरोध, यही माघ ८ गते छानबिन, १० गते उम्मेदवारी फिर्ता, १० गते नै अन्तिम नामावली प्रकाशन, १३ गते मतदानको कार्यक्रम रहेको छ ।