२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व पत्नीसँग सडक यात्राको आनन्द लिइरहेका छन् आमिर खान



अ+ अ-

एजेन्सी । आजकल अभिनेता आमिर खान फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । आमिरकी छोरी आयरा खानले हालै आफ्नो प्रेमी नुपुर शिक्रेसँग विवाह गरेकी छन् ।

यसैबीच, अहिले आमिर खान आफ्नी पूर्व पत्नी किरण रावसँग समय बिताउँदै आएका छन् । किरण रावले हालै सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन्, जसमा उनी आमिर र छोरा आजाद खानसँग देखिएकी छिन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

आमिर खानकी पूर्वपत्नी किरण रावले हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा तस्विर शेयर गरेकी छिन् । तस्विरमा किरण आमिर खान र छोरा आजाद खानसँग देखिएका छन् ।

रोड ट्रिपमा जाँदा किरण आफ्नो पूर्व पति र छोरासँग खुसीसाथ पोज दिइरहेको देखिन्छ । तस्विरमा आमिर खान पनि किरणसँग निकै खुसी देखिन्छन् । उनीसँगै एउटा कुकुर पनि देखिएको छ ।

२०२२ मा फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज भएपछि आमिर खानले अभिनयबाट ब्रेक लिएका थिए । तर, उनी निर्माताका रूपमा सक्रिय छन् । अभिनेता राजकुमार सन्तोषी र सन्नी देओलसँग ‘लाहोर १९४७’ मा काम गरिरहेका छन् ।

यस बाहेक उनी फिल्म ‘सितारा जमीं पर’ को काममा व्यस्त छन् । आमिरले यो फिल्म २०२४ को क्रिसमसमा हलमा रिलिज हुने घोषणा पनि गरेका छन् ।

 




भर्खरै