२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः कोशीको लगातार सातौं हार



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौँ हार बेहोरेको छ । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग ७ विकेटले पराजित हुँदै कोशीले आफ्नो खराब प्रदर्शन कायम गरेको हो ।

कोशीले जितको लागि दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले ३० औं ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा विकेटकिपर अर्जुन घर्तीले अर्धशतक बनाए । उनी ४८ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाउदै नटआउट रहे ।

यस्तै, हिमांशु २४ रन बनाउदै नटआउट रहँदा विपिन शाही २८, निश्चल २१, रविन्द्र शाहीले १२ र प्रकाश जैशीले ६ रन बनाए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ३४.३ ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनाएको थियो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ७३ बलमा चार छक्का र आठ चौका प्रहार गर्दै ७३ रनको योगदान दिए । आशिष भट्टराईले ११ तथा सौजन घिमिरेले १२ रन बनाउदा कोशीका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीको लागि दिनेश अधिकारीले चार विकेट लिए । आठ ओभर बलिङ गरेका उनले एक मेडनसहित १८ रन खर्चिए । प्रकाश जैसीले तीन विकेट लिदा दिवान पुनले दुई विकेट हात पारे ।

जारी प्रतियोगितामा कर्णाली ६ खेलमा ३ जित र ३ हारसँगै पाँचौ स्थानमा छ भने अंकविहिन कोशी पुछारमा छ ।