२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा अनिल शाहको शतक



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका प्रमुख ब्याटर अनिल शाहले जारी प्रधानमन्त्री कपमा गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा आक्रामक सुरुवात गर्दै अनिलले आफ्नो करिअरको पहिलो शतक पूरा गरेका हुन् । उनले १०४ बलमा ११ चौका र ३ छक्का सहित शतक पूरा गरे ।

अनिल जारी प्रतियोगितामा मधेशका लागि शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सुदुरविरुद्ध मयनले १ सय १५ रन बनाएका थिए । यस प्रतियोगितामा यो आठौं शतक पनि हो । सबै शतक टियु क्रिकेट मैदानमा नै बनेका छन् ।

अनिल हाल यस प्रतियोगिताका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।