२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली ४२.५ ओभरमा १७१ रन बनाउदै अलआउट भयो ।

कर्णालीका लागि ओपनर निश्चल रावलले सर्वाधिक ५० रन बनाए । रबिन्द्र शाहीले ३५ बलमा ८ चौका र १ छक्का सहित ४० रन बनाउदा दिवन पुनले २०, हिमांशु शाहीले ८, प्रकाश जैशीले ५ र बिपिन शाहीले ४ रन थपे ।

पुलिसका लागि सागर ढकालले ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ विकेट लिदा दिपेन्द्र सिंह ऐरि, ललित राजबंशी र कुशल भुर्तेलले समान १(१ विकेट लिए ।

नेपाल पुलिस क्लब ५ खेलमा अपराजित रहदै १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलमा ३ जित र ३ हारसहित६ अंक बटुलेर सातौँ स्थानमा छ ।