२३ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभाको चुनावबारे समीक्षा हुने



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक बोलाउनुभएको छ ।

राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफलका लागि प्रधानमन्त्रीले आज अपरान्ह ४ बजेका लागि गठबन्धनको डाक्नुभएको हो ।

स्रोतका अनुसार सो बैठकमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र चित्रबहादुर केसी नेतृत्वको (राष्ट्रिय जनमोर्चा)लाई पनि बोलाइएको बताइएको छ ।

सत्ता गठबन्धनबाट राष्ट्रियसभा चुनावमा भाग लिएका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी सहभागी हुने जनाइएको छ ।

साथै, कोशी प्रदेशको बारेमा समेत बैठकमा विशेष समिक्षा हुने बताइएको छ ।

कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् ।