६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता: नेपाल बङ्गलादेशसँग पराजित



अ+ अ-

काठमाडौँ: आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए । उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए । नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए ।यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए । उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए ।

बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे । क्वाल इमोन र मारुफ मृदले समान एक-एक विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।