२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्काउट माथि राजनीति गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

अदालतको आदेश विपरीत नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै ओलीले आपत्ति जनाउनुभएको हो । स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्री अधिवेशन स्थगित गराएको ओलीले बताउनुभयो ।

नेकपा एमाले निकट बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्काउटको अधिवेशन रोक्ने प्रधानमन्त्रीको आदेश स्वतन्त्र सामाजिक संस्था माथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो ।

स्काउटको संरक्षकको नाताले उहाँले निर्देशन दिन सक्ने भए पनि सो निर्देशन भताभुङ्ग पार्ने नभई सकारात्मक काम गर्नको लागि भएको ओलीले स्पष्ट पार्नुभयो । ‘हस्तक्षेप गर्नेलाई निर्देशन भनिँदैन, विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भइसक्यो, गठबन्धनले नजित्ला जस्तो भयो भनेर रोक्न पाइन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।

अधिवेशनका लागि स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई समेत बोलाइसकेको अवस्थामा अधिवेशन रोक्नु देशकै लज्जाको विषय भएको ओलीले बताउनुभयो । पहिला पनि स्काउट भङ्ग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गराउँदै ओलीले अदालतले दिएको आदेश विपरीत प्रधानमन्त्रीले गरेको निर्देशन स्वेच्छाचारी भएको बताउनुभयो ।

अदालतको कामकाज यथावत् गर्न दिनु भन्ने आदेशको विपरीत सरकार सम्मेलन स्थगित गर्न आदेश दिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘इज्जत वेइज्जतको केही ख्याल छैन, कांग्रेसले स्काउटको सम्पत्ति लुटेर हडपेर अहिले पनि खाइरहेको छ’, ओलीले भन्नुभयो । ओलीले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको बताउनुभयो । एनआरएनएमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेको उहाँको भनाइ छ ।




भर्खरै