२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशाखापट्टनम टेस्टमा भारत ३९६ रनमा अलआउट, यशस्वीको दोहोरो शतक



अ+ अ-

एजेन्सी । विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा भारतले ३९६ रन मात्रै बनाउन सकेको छ । यशस्वी जैसवालले दोहोरो शतक प्रहार गरे ।

उनी २०९ रन बनाएर आउट भएपनि टोलीलाई ४०० रनभन्दा माथि लैजान सकेनन् । उनी बाहेक टोलीका अन्य कुनै ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् ।

इंग्ल्याण्डका जेम्स एन्डरसन, शोएब बशीर र रेहान अहमदले समान ३–३ विकेट लिए । टम हार्टलीले पनि एक विकेट लिए ।

यशस्वी दोहोरो शतक प्रहार गर्ने तेस्रो कान्छा भारतीय बने । उनले २२ वर्ष ३७ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए ।

यसअघि विनोद काम्बलीले २१ वर्ष ३५ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए भने सुनिल गावस्करले २१ वर्ष २८३ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए ।