२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेनः नेता कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले कुनैपनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भयो । उहाँले खेलकुदको विकास गर्नसके मात्रै युवाहरु आकर्षित हुने र अनुशासित हुने बताउनु भयो । खेलकुदलाई सबै राजनीतिकर्मीहरुले महत्वपूर्ण विधाको रुपमा लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा खेलकुदको विकास भइराखेको छैन भनेर त म भन्दिनँ । तर जति हुनपर्ने हो खेलकुदको विकास, जसरी सरकारले बजेट छुट्याउनुपर्ने हो खेलकुदको निम्ति ति बजेटहरु छुट्याउन सकिरहेको देखिँदैन । खेलकुदका साथीहरुलाई जुन प्राइज दिन्छु भनेर करातेका साथीहरुले पनि जित्नुभएको रहेछ । गोल्डमेडल पनि पाउनुभएको रहेछ । अरु साथीहरुले पनि पाउनुभएको रहेछ । क्रिकेटका साथीहरु थिए । प्राइज दिने भनेर सरकारले घोषणा गर्छ, आश्वासन दिन्छ, तर दिन सकिरहेको थिएन, त्यस्तो अवस्थाबाट देश अघि बढिरहेको छ । कुनैपनि देशलाई विकास गर्नुछ भने खेलकुदको विकास गर्नुपर्छ । खेलकुदको विकास गर्न सक्यौँ हामीले भने युवाहरु इनर्जेटिक हुन्छन्, अनुशासित हुन्छन् र त्यो देश अनुशासित र विकसित हुन्छ । त्यसकारण खेलकुदलाई हामी सबैले राजनीतिकर्मीहरुले अत्यन्त महत्वपूर्ण विधाको रुपमा लिएर अघि जानसक्यौँ भनेमात्रै देशले एउटा गौरव गर्ने ठाउँ भेट्छ ।’

नेता कोईरालाले अध्ययन जत्तिकै खेलकुद पनि महत्वपूर्ण रहेको बताउनु भयो । अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने बताउनु भयो । उहाँले आगमी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरले पहल गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल




भर्खरै