२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः पुलिसलाई १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८२ रन लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन जोड्यो । आर्मीका लागि विवेक यादवले अर्धशतक प्रहार गरे । उनले ६३ रन बनाए ।

यस्तै, सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्की ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भए ।

बलिङतर्फ पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३/३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १‍/१ विकेट लिए ।




भर्खरै