२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं एक्सेल्सियर कप: रेडिअन्ट पब्लिक सेमिफाइनलमा



अ+ अ-

काठमाडौं : रेडिअन्ट पब्लिक १० औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा रेडिअन्टले एनआईसी एकेडेमीलाई ४८–२४ ले पराजित ग-यो । रेडिअन्टका रोहित चौधरीले २० अंक जोडे । सिनियर ब्वाइजमै ग्रिनफिल्डले स्वर्णिमलाई २६–१७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १० अंक जोडे । सेमिफाइनलमा ग्रिनफिल्डको भेट जेनिथसंग हुनेछ भने रेडिअन्टले पुष्पसदनको सामना गर्ने छ ।

सिनियर गल्र्समा रिब्सले रेडिअन्ट पब्लिकलाई १३–११ तथा संस्कृतिले स्वर्णिमलाई १८–८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सकी सुप्रिया मल्लले ४ तथा संस्कृतिकी एन्जल शाहीले ८ स्कोर गरे । सेमिफाइनल रिब्स र आयोजक एक्सेल्सियर तथा संस्कृति र काष्ठमण्डपबीच हुनेछ ।

ब्वाइज फुटसल:

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१२ मा बृहस्पति विद्या सदनले सेक्रेड हार्टलाई १–०, द चाँदबागले एलआरआईलाई ४–०, रेडिअन्ट पब्लिकले रिब्सलाई १–० तथा मोर्डन इन्डियन स्कुलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी सेमिफाइनल यात्रा तय गरे ।

यु–१३ मा रेडिअन्ट पब्लिकले निसर्ग वाटिकालाई २–०, निर्भाना एकेडेमीले चाँदबागलाई ३–०, काष्ठमण्डपले सेक्रेड हार्टलाई ४–० र बृहस्पतिले न्यु एरालाई ३–० ले हराउदै सेमिफाइनलमा स्थान बनाए ।
यु–१६ मा ग्रिनफिल्डले चेल्सी वल्र्ड स्कुललाई ५–१, काष्ठमण्डपले एक्सेल्सियर ‘पहेलो’ लाई ६–०, न्यु एराले संस्कृतिलाई ४–१ र एक्सेल्सियर ‘रातो’ ले निसर्ग वाटिकालाई ४–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।