२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक नम्बर १ बलर बने जसप्रित बुमराह, भारतले रच्यो इतिहास



अ+ अ-

एजेन्सी । भारतीय बलर जसप्रित बुमराहले आईसीसीले बुधबार सार्वजनिक गरेको पछिल्लो टेस्ट वरियतामा नम्बर १ मा स्थान बनाएका छन् । बुमराह नम्बर १ बनेसँगै भारतले इतिहास रच्यो ।

आईसीसी टेस्ट वरियतामा कुनै भारतीय फास्ट बलर शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । जसप्रित बुमराहले विशाखापट्टनम टेस्टमा इंग्ल्याण्डविरुद्ध कुल ९ विकेट लिएका थिए जसका कारण उनलाई धेरै फाइदा भयो ।

बुमराहको उत्कृष्ट प्रदर्शनको आधारमा भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई १०६ रनले पराजित गर्दै शृङ्खला १–१ को बराबरी गरेको छ । यस प्रदर्शनका आधारमा बुमराहले तीन स्थान सुधार गर्दै बलिङ वरियतामा शीर्ष स्थानमा पुगेका छन् । तर, बुमराहको फाइदाका कारण रविचन्द्रन आश्विनलाई ठूलो घाटा भयो ।

रविचन्द्रन आश्विन गत मार्चदेखि शीर्ष स्थानमा थिए । उनले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा मात्र तीन विकेट लिन सके र जसका कारण उनले दुई स्थान गुमाए । आश्विन पछिल्लो वरियतामा दुई स्थान झर्दै तेस्रो स्थानमा पुगेका छन् । दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडा दोस्रो स्थानमा यथावत छन् ।