२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै



अ+ अ-

दमौली (तनहुँ) । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो ।

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो ।

उहाँले भन्नुभयो, “राष्ट्रपति रामचन्द्र पौडेलले यस ठाउँको विकासका लागि चासो राख्नुभएको छ । उहाँकै साथ र सहयोगमा साहित्य उद्यानको कामलाई अगाडि बढाउन लागिएको हो ।” उक्त बजेटबाट जग्गा अधिग्रहण, गुरुयोजना निर्माण र साहित्यिक स्रष्टाको शालिक निर्माणको काम गरिने जनाइएको छ ।

नगरप्रमुख त्रिपाठीका अनुसार सुरुमा जग्गा अधिग्रहणको काम हुनेछ । यसपश्चात् गुरुयोजना निर्माण गरी उद्यानको काम अगाडि बढ्ने छ । उहाँले भन्नुभयो, “भानुभक्तको जन्मथलो ओझेलमा परिरहेको छ । यस ठाउँमा साहित्य उद्यान निर्माण गरेर पर्यटकीय गन्तव्यस्थल बनाउने मुख्य लक्ष्य हो ।”

साहित्य उद्यान निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उपप्रमुख उमा गोतामेले बताउनुभयो । उहाँका अनुसार उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिनेछ । उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताउनुभयो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले तीनवटै तहको सरकारको सहयोगबाट भानु जन्मस्थलको विकास सम्भव रहेको उल्लेख गर्नुभयो । रासस