२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले बर्नलेलाई हरायो, हालाण्ड चम्किँदा सिटी विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा बर्नलेलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिओगो जोटा (३१ औं मिनेट) लुइस डियाज (५२ औं मिनेट) र डार्विन नुनेज (७९ औं मिनेट) ले एक–एक गोल गरे । बर्नलेका डारा ओ’सियाले एक गोल फर्काए ।

जितसँगै लिभरपुल २४ खेलबाट ५४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । बर्नले १३ अंकका साथ १९ औं स्थानमा छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन दुबै गोल एर्लिङ हालाण्डले गरे । उनले ७१ औं र ८५ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै सिटी २३ खेलबाट ५२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एभर्टन १९ अंकका साथ १८ औं स्थानमा छ ।