२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक आर्यनलाई भेट्न साइकल चढेर ११ सय ६० किलोमिटर यात्रा गरेपछि…



अ+ अ-

एजेन्सी । कार्तिक आर्यन बलिउडका चर्चित स्टार हुन् । अभिनेताको फ्यान फलोइङ पनि अचम्मको छ । कार्तिक आर्यनको एउटा भिडियो इन्टरनेटमा तिब्र रुपमा भाइरल भइरहेको देखिन्छ ।

भिडियोमा अभिनेता झाँसीका एक फ्यानलाई भेटिरहेको देखिन्छ । अचम्मको कुरा के छ भने ती फ्यानले कार्तिक आर्यनलाई भेट्न साइकलमा ११६० किलोमिटर यात्रा गरेका छन् ।

फ्यान साइकलमा कार्तिक आर्यनलाई भेट्न आइपुगे । कार्तिकलाई देख्नेबित्तिकै उनले अभिनेताको खुट्टा छोए । कार्तिकले ती युवकसँग कुरा गरे । कार्तिकले सोधे साइकलबाट मुम्बई पुग्न कति दिन लाग्यो ? युवक भन्छन् ९ दिन ।

यो सुनेर कार्तिक छक्क परे । अभिनेताले फ्यानसँग फोटो खिचेका छन् । फ्यानले भने कि उनी अभिनेतालाई भेट्न फेब्रुअरी १ ​​मा साइकलमा घरबाट निस्किएका थिए । फ्यानको साइकलको तारिफ गर्दै कार्तिकले भने – तपाईको साइकलले निकै राम्रो औसत दिइरहेको छ ।’

कार्तिक आर्यनको फिल्म ‘चन्दु च्याम्पियन’ स्पोर्ट्स बायोपिक हो । यो फिल्म प्याराओलम्पिकमा स्वर्ण पदक जित्ने मुरलिकान्त पेटकरमा आधारित छ । कबीर खानको निर्देशनमा बनेको यो फिल्म १४ जुनमा हलमा रिलिज हुँदैछ ।