२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजले ३७ रनले जित्यो तेस्रो टी–२०, सिरिज भने अष्ट्रेलियालाई



अ+ अ-

एजेन्सी । तीन खेलको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३७ रनले पराजित गरेको छ । यस पराजयको बावजुद अष्ट्रेलियाले सिरिज २–१ ले जित्यो ।

मंगलबार पर्थमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले अस्ट्रेलियालाई २२१ रनको लक्ष्य दिएको थियो । जवाफमा अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन मात्रै बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र शेर्फेन रदरफोर्डले अर्धशतकीय पारी खेले । यी दुईबीच छैटौं विकेटका लागि ६७ बलमा १३९ रनको साझेदारी भयो । यो टी–२० इतिहासमा छैटौं विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। यसअघिको कीर्तिमान पोलार्ड र फाबियन एलेन (८४ रन)को साझेदारीको नाममा थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि रसेलले सर्वाधिक ७१ रन बनाए । उनले २९ बलको इनिङ्समा ४ चौका र ७ छक्का प्रहार गरे । शेर्फेन रदरफोर्डले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६७ रनको इनिङ खेले ।

आयोजक अष्ट्रेलियाका लागि बार्टलेटका अलावा जेसन बेहरेनडोर्फ, स्पेन्सर जोन्सन, आरोन हार्डी र एडम जाम्पाले एक एक विकेट लिए ।

२ सय २१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि डेभिड वार्नरले अर्धशतक प्रहार गरे । वार्नरले तीन खेलको शृङ्खलामा कुल १७३ रन बनाए र प्लेयर अफ द सिरिज घोषित भए । उनले ४९ बलमा ८१ रनको इनिङ खेले। उनी बाहेक टिम डेभिडले १९ बलमा ४१ रन बनाए ।

वेस्ट इन्डिजका रोमारियो शेफर्ड र रोस्टन चेसले २–२ विकेट लिए । अकिल हुसेनले एक विकेट लिए ।




भर्खरै