२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेश्रो लगानी सम्मेलनलाई सफल बनाउन महावाणिज्य दुतावास न्यूयोर्क सक्रिय



अ+ अ-

न्यूयोर्क । अमेरिकी व्यवसायी एवं लगानीकर्तालाई नेपालमा हुन लागेको तेश्रो लगानी सम्मेलनमा सहभागि हुन नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले आव्हान गरेको छ ।

न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा हिजो आयोजना गरिएको “नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू“ विषयक गोलमेच छलफलमा महावाणिज्य दुत विष्णु प्रसाद गौतमले यस्तो आग्रह गर्नु भएको हो ।

ब्रुकलिन चेम्बर अफ कमर्शसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता संयुक्त राष्ट्संघ स्थायी नियोगका प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले नेपालमा राजनीति स्थायीत्वसँगै लगानीको राम्रो वातावरण बनेको भन्दै अमेरिकी लगानीकर्ताहरुका लागि लगानी गर्न उत्कृष्ट समय रहेको बताउनु भयो । उहाँले लगानीकर्ताहरुका लागि सहजिकरण गर्न नेपाल सरकार सधै तत्पर रहेको भन्दै अमेरिका र नेपालबीचको परस्पर सम्बन्धलाई लगानीले थप मजबुत बनाउने दावी गर्नु भयो ।

उहाँले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी नीति, कानुनी संस्थागत ढाँचा र रणनीतिहरू सहज बनाएको जानकारी दिदै नेपालमा लगानी गरेकोमा अमेरिकी तथा गैरआवासीय नेपाली उद्यमीहरुको प्रशंसा पनि गर्नुभयो । विभिन्न ५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा अमेरिकी विदेश विभागकी प्रतिनिधि ओलिभिया स्नाजाले नेपालप्रति अमेरिकी चासो अझै बढिरहेको भन्दै नेपालको विकासमा अमेरिकी सहयोग जारी रहने बताउनु भयो । उहाँले दुई देशको सम्बन्धमा पुलको रुपमा काम गरेकोमा लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरुलाई धन्यवाद समेत दिनुभयो ।

त्यस्तै ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्शका अध्यक्ष एवं सीईओ मार्क जाफ, ब्रुकलिन चेम्बर अफ कमर्सका उपाध्यक्ष डिना रबिनर सोर्स एटलान्टिकमा अध्यक्ष एवं सिईयो विलियम म्याकगोवेन, मिडास क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष डेभिड जे. मार्टिनले नेपालसँग थप व्यापारिक सम्बन्ध विस्तार गर्न आफूहरु आतुर रहेको बताउनु दिनुभयो । कार्यक्रमको दोश्रो चरणमा व्यवसायी एवं विज्ञहरुबीच गोलमेच छलफल गरिएको थियो । अमरिकी बरिष्ठ सञ्चारकर्मी किरण क्षेत्रीले सहजिकरण गरेको पहिलो चरणको छलफलमा नेपाली गार्डेन न्यूयोर्कका सिईओ अनिल रौनियार, नेपाल टि कलेक्टीभ न्यूयोर्कका संस्थापक एव निश्चल बाँस्कोटा, ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष प्रदीप श्रेष्ठ, माउन्टेन लिगेसी इन्टरनेशनलका सिईओ एवं सनराईज पश्मिनाका संचालक डा. सेथ सिक्रोफ र स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका पूर्व सिईओ शैलेश मिश्रले सहभागिता जनाउनु भएको थियो ।

उहाँहरुले नेपालमा गरिएको लगानी, व्यापार अनुभव र चुनौतिका बारेमा छलफल गर्नु भएको थियो । सारांशमा नेपाल लगानीको निकै सम्भावना भएको क्षेत्रको रुपमा टिप्पणी गरिएको थियो । त्यस्तै अमेरिकी एक्सप्रेसकी बरिष्ठ जोखिम प्रबन्धक स्नेहा शर्माले सहजिकरण गरेको दोश्रो गोलमेच छलफलमा युएस–नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष वेद खरेल, एभरेष्ट फेडरल क्रेडिट युनियनका सीईओ विराज रिजाल, क्रस बोर्डर पेमेन्ट तथा स्थार्टप माच्नेटका सिईओ जय दाहाल, कोलम्बीया युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेशर डा. समिर मास्के र क्रस रिभर बैंकका क्वान्टीटिभ रणनीति प्रमुख प्रवेश रिजालको सहभागिता रहेको थियो ।

उहाँहरुले आफ्नो सफलताका कथा सुनाउदै अवको दुनिया सूचना प्रविधिको भएको र त्यसका लागि आफूहरुले नेपालमा योगदान गर्न सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा व्यवसायीहरुले नेपाल सरकारको नीतिका बारेमा चासो राखेका थिए भने कार्यवहाक महावाणिज्य दुत गौतमले सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो । सहभागिहरुले आगामी अप्रिलमा हुन लागेको तेश्रो लगानी शिखर सम्मेलनमा सहभागिताका लागि चासो व्यक्त गरेका थिए ।