२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काउटको संरचना विधिसम्मत रुपमा लिएको हुँ: सांसद खड्का



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफूले विधिसम्मत ढंगले नेपाल स्काउटको संरचना भाडामा लिएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खड्काले आफूले वि.सं. २०६३ सालमा टेण्डर प्रक्रियामार्फत स्काउटको भवन भाडामा लिएको बताउनुभएको हो ।

उहाँले १० वर्षपछि पुन: टेण्डरमार्फत सबै प्रक्रिया पूरा गरेर भाडामा लिएको भएपनि आफ्नो चरित्र हत्या गरिएको बताउनु भयो । उहाँले ०७५ सालमा लोकबहादुर भण्डारी प्रमुख भएर आएपछि विवाद र किचलो शुरु भएको भन्दै आफूलाई सत्ताको बलमा उतिखेरै निकाल्न खोजिएको बताउनु भयो । उहाँले आफ्नो कुनै कमजोरी नभएको भन्दै अदालतमा मुद्दा विचाराधिन रहेको र कुनै दोष देखिएमा कारबाहीको भागिदार हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो विधिवत् ढंगले २०६३ सालमा टेण्डरमार्फत त्यहाँका भवनहरु भाडामा लिइएको हो । र १० वर्षपछि पुन: टेण्डरमार्फत त्यस भवनको प्रक्रिया पूरा गरेर भाडामा लिएको हो । तीन वटा संरचनाहरु खड्काल्याण्डले उपयोग गर्दै आएको छ । एउटा खालि जग्गा उपयोग गरेर व्यवसाय सञ्चालन गरेको छ । दुई वटा नेपाल स्काउटले आफ्नो भवन निर्माण गरेर भाडामा लगाएको अवस्था छ । तेस्रो विभिन्न संरचनाहरु सञ्चालन गरिएको छ र ति संरचनाहरुको कुनै आय, व्यय कुनै वास्ता गरिएको छैन ।’

उहाँले आफूले स्काउटलाई अहिलेसम्म भाडा बापत १३ करोड रुपैयाँ बुझाइसकेको पनि बताउनु भयो । उहाँले अध्यक्ष भण्डारीले ऐन, नियम विपरित स्काउटलाई कब्जा गरेको आरोप समेत लगाउनु भयो ।