२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्जुको सानदार ब्याटिङमा राजस्थानले दियो लखनउलाई १९४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

जयपुरमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन जोड्यो । राजस्थानका लागि कप्तान सञ्जु सामसनले ८२ रनको (नटआउट) योगदान दिए ।

५२ बल खेलेका उनले १५७.६९ को स्ट्राइक रेटमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै रियान परागले ४३, यशस्वी जैसवालले २४ तथा जोस बटलरले ११ रन जोड्दा ध्रुव जुरेल २० रनमा अविजित रहे ।

बलिङतर्फ लखनउका नवीन उल हकले २ तथा मोहसिन खान र रवी बिश्नोईले १–१ विकेट लिए ।