२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द



अ+ अ-

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० खेल रद्द भएको छ । काठमाडौँमा बुधबार रातिदेखि लगातार पानी परेपछि खेल रद्द भएको हो ।

आयरल्यान्ड टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र ३ एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ । खेलमा वर्षा बाधक बनेपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्वजनिक गर्ने जनाएको छ ।

आयरल्यान्ड ‘ए’ले नेपाली सिनियर टोली विरुद्ध २ टि-२० को शृंखला २-० ले नै गुमाएको थियो । नेपालले आयरल्यान्डलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७१ रनले हराएको थियो ।

यस्तै, नेपाली सिनियर टोलीले अब भारतको गुजरातमा हुने फ्रेन्डशिप कप खेल्नेछ। टोलीले भारतमा गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टि-२० शृंखला खेल्ने छ । नेपालको पहिलो खेल ३१ मार्चमा गुजरात विरुद्ध खेल्नेछ ।