२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२४ मा राजस्थान रोयल्स (आरआर)ले लगातार दोस्रो जित निकालेको छ । राजस्थानलेले चालु सिजनको नवौं खेलमा दिल्ली क्यापिटल्स (डीसी)लाई १२ रनले पराजित गरेको हो ।

जयपुरको सवाई मानसिंह स्टेडियममा दिल्लीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

जवाफमा दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सयो । खेलको प्लेयर अफ द म्याच राजस्थानका रियान पराग भए । उनले ४५ बलमा ८४ रनको पारी खेले । यो इनिङ्समा ७ चौका र ६ छक्का समावेश थियो ।

परागले ४५ बलमा १८६.६७ को स्ट्राइक रेटमा ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए । रविचन्द्रन आश्विनले २९ र ध्रुव जुरेलले २० रनको योगदान दिए । दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिक नोर्त्या, अक्षर पटेल र कुलदीप यादवले एक–एक विकेट लिए ।

जवाफमा दिल्लीका डेभिड वार्नरले ३४ बलमा ४९ रन बनाए । ट्रिस्टन स्टब्सले अविजित ४४, कप्तान ऋषभ पन्तले २८ र मिचेल मार्सले २३ रन बनाए । राजस्थानका युजभेन्द्र चहल र नान्द्रे बर्गरले २–२ विकेट लिए । आवेश खानले एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानको सुरुवात खराब रह्यो । टोलीले ३६ रनमा शीर्ष ३ विकेट गुमाएको थियो । यशस्वी जैसवाल ५ रन, जोस बटलर ११ र सञ्जु सामसन १५ रन बनाएर आउट भए । यहाँबाट रियान परागले अर्धशतक खेल्दै स्कोर १८५ रनमा पुर्याए । रियानले रविचन्द्रन आश्विन (२९ रन)सँग ५४, ध्रुव जुरेल (२० रन)सँग ५२ र हेटमायर (१४ रन)सँग अविजित ४३ रनको साझेदारी गरे ।

१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र मिचेल मार्ससँग २० बलमा ३० रनको ओपनिङ पार्टनरसिप बनायो । मार्स ३० रनमा आउट भएपछि रिकी भुई पनि शून्यमा आउट भए । चौथो नम्बरमा आएका ऋषभ पन्तले पनि ठूलो इनिङ खेल्न सकेनन् र २८ रन बनाएर आउट भए ।

उनले वार्नरसँग ४६ बलमा ६७ रनको साझेदारी गरे । मिडल अर्डरमा ट्रिस्टन स्टब्स र अक्षर पटेलले अविजित ५१ रनको साझेदारी गरे ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस कोलकाता नाइट राइडर्स – साँझ ७ः४५ बजे